RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२ गते
५०७ पटक

जुम्ला,जेठ २ गते । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनले नेपाल र भारतको सीमा सिल भएको छ । पश्चिम नेपालको नेपालगञ्जमा कारोना देखिएकाले झन कडा छ ।

तर कोरोनाभाइरसभन्दा पनि कहाँ बस्ने र कसरी सुरक्षित हुने भन्ने विषयमा ४५ दिनदेखि अलपत्र भएको पीडा नेपालगञ्ज सीमामा अलपत्र परेका नागरिकहरूले सुनाएका छन् । भारतमा रोजगारीमा सिलसिलामा गएका नागरिक फिर्ता हुन नपाई भारतमा हेपिएर दिन गुजारेका छन् ।

‘एक महिनाअघि नेपालगञ्जको सीमा रुपैडिहामा आएका थियौँ । फेरी कहिले बहर्राइच त कहिले नानपारा भारतले लखेटेर दिन काट्यौँ । त्यहाँ क्वारेन्टाईनमा बस्यौँ, अब भने भारतले नेपालको सीमामा पुर्याएको छ । अब भारत नफर्किनु भनेर प्रहरीले भनेको छ, के गरौँ ।’ नेपालीहर?ले पीडा सुनाएका छन् ।

‘अुब कता जाउँ ? सरकारले नेपालमै व्यवस्थापन गरिदिएको भए हुन्थ्यो ।’ जुम्ला हिमा गाउँपालिका १ निवासी गगनबहादुर शाहीले गुनासो पोख्नुभयो । उहाँले मध्यरात कर्णालीसहित नेपालका चार सय मानिस सीमानाकामा आएकाे बताउनुभयाे ।

‘एक प्याकेट चाउचाउको भरमा हिजोदिखी बसेका छौँ । भोक लागिसक्यो, खानाँ कता ? बास कता गर्ने होला ?’ उहाँले भन्नुभयो । सोही गाउँका मीनबहादुर शाहीले ३५ जना जुम्लाका र अन्य कर्णालीभरि तीन सय बढी मानिसहरु अहिले नेपालगञ्जको सीमामा अलपत्र रहेका बताउनुभयो । गोरखापत्र अनलाइन बाट साभार…..

प्रतिकृया दिनुहोस्