RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२ गते
४९८ पटक

जेठ २ गते । बर्दियाको राजापुरकी कोरोना सङ्क्रमित ११ वर्षीया बालिकाको सम्पर्कमा आएका कैलालीका १०१ जना व्यक्तिको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

गोदावरी नगरपालिका–८ मजगाउँका ९६ जना र भजनी नगरपालिका–१ का पाँच जनाको पीसीआर परीक्षण गर्दा स्वाब रिपोर्ट नेगेटिभ आएको हो ।
बालिका बस्नु भएको परिवारकोसहित पहिलो प्राथमिकतामा परेका सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताउनुभयो ।

पछि सङ्कलन गरिएको ३८ व्यक्तिको स्वाब रिपोर्ट आउन भने बाँकी रहेको उहाँको भनाइ छ । मजगाउँपछि ती बालिका करिब एक हप्तासम्म भजनी गएर आफन्तको घरमा बस्नु भएको थियो ।

‘घुलमिल भएका थप २५ जनाको स्वाब पठाएका थियौं, त्यसको रिपोर्ट आउन बाँकी छ’, उहाँले भन्नुभयो । राजापुर नगरपालिकाकी ती बालिकालाई केहि दिन अगाडि कोभिड–१९ सङ्क्रमण रहेको पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्