RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२ गते
४८७ पटक

काठमाडौँ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँ र भेरी अस्पताल, नेपालगंज बाँकेमा गरिएको परीक्षणमा मकवानपुर र बाँकेमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताएका छन् ।

उनका अनुसार बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्