RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/४ गते
६१३ पटक

काठमाडौं। संसदको दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ।

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्‍ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो।

दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्ने छन्।

त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्नेसमेत कार्यसूची छ।

राष्‍ट्रपति विद्यादेवी भण्डारीले २ जेठ अपरान्ह संसदको दुवै सदनको संयुक्त बैठकमा आउँदो वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्