RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/५ गते
२१२ पटक

काठमाडौं :  मन्त्रालयले असारसम्ममा देशभर पाँच लाखभन्दा बढीको कोरोना परीक्षण गर्ने बताएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले समेत अब अवस्था भयावह हुन थालेको र अब परीक्षण झनै बढाउन पर्ने भन्दै यो महिनाभित्र पाँच लाखभन्दा बढीको आरडिटी र पिसिआर परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइसकेका छन्।

मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय संक्रमितको संख्या बढ्दै जान थालेको छ जसले गर्दा कन्ट्याक ट्रेसिङ बढाउनुका साथै अन्य परीक्षण पनि बढाउनुपर्ने निष्‍कर्षसहित पाँच लाखभन्दा बढीको पिसिआर र आरडिटी परीक्षण गर्नुपर्नेमा मन्त्रालय पुगेको छ।‘

पछिल्लो समय कोरोना भाइरसको बिरामी बढ्दै गएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा संक्रमित हुनेको संख्या ३०४ पुगिसकेको छ। हालसम्म ९० हजार बढीको परीक्षण यसअघि स्वास्थ्य मन्त्रालयका विज्ञहरूले करिब दुई लाखको परीक्षण गर्दा नेपालमा कोरोना नियन्त्रण आउने बताउँदै आएका थिए।

अहिलेसम्म नेपालमा पिसिआर र आरडिटी गरेर ९० हजारबढी परीक्षण भएको छ। एक लाख किट किन्‍ने तयारी पाँच लाखको परिक्षण गर्ने लक्ष्य लिएको मन्त्रालयले त्यसको लागि प्रयोगशालामा आवश्यक पर्ने पिसिआर रिएजेन्ट पुन: किन्नेसमेत बताएको छ।

त्यसको लागि एक लाख किट किन्न प्रक्रिया मन्त्रालयले सुरु गरेको बताइएको छ।  यसअघि, स्वजरल्यान्डले दिएको ३० हजार पिसिआर रिएजेन्ट हिजो मात्रै भारतले दिएको ३० हजार पिसिआर रिजेन्ट रकेही दिन अघि चीनले समेत ४० हजार थान पिसिआर रिजेन्ट  दिएको थियो।

यता, अब यसअघि सेनाले ल्याउने सामानमा पनि भाइरस पत्ता लगाउन प्रयोगशालामा प्रयोग गरिएन पिसिआर रिएजेन्ट किट ल्याउने भएकाले मन्त्रालयले यो महिनाभित्र पाँच लाखभन्दा बढीको नमुना परीक्षण गर्न सक्ने बताएको छ।

प्रतिकृया दिनुहोस्