RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/५ गते
५९५ पटक

काठमाडौं, जेठ ५ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका परिवारका पाँचै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले परिवारका पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते सुत्केरी भएकी बाह्रबिसे ९ राम्चेकी २९ वर्षीया महिलाको गत मृत्यु भएको थियो । मृतक महिलाका नवजात शिशु, श्रीमान, आमा, बहिनी र भाइको कोरोना परीक्षण नेगेटिभ आएको हो । मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

सुत्केरी महिलाको मृत्यु भएपछि महिलाको घर रहेको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चे गाउँबाट परिक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्