RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/५ गते
१३३९ पटक

जेठ ५ गते । कोरोनाभाइरसले नेपालमा दुई जनाको ज्यान लिए पछि जनजीवन त्रसित भएकै बेला केही देशले केही राहत महसुस गरेका छन् । कँहीकतै यो कोरोना नियन्त्रण बाहिर जाने त होइनभन्ने डर, त्रास र अन्योलकाबीच केही मुलुकले कोरोनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।

लक डाउन, सामाजिक (भौतिक) दुरी, खानपिन, नियमित औषधि सेवन लगायतलाई पालना गर्न सके कोरोनालाई सजिल्यै नियन्त्रणमा लिन सकिन्छ भन्ने उदाहरण ती मुलुकले दिएकाछन् । तीन लाखभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसको संक्रमणलाई १८ वटा देश तथा टापू राज्यले पूर्णतः नियन्त्रणमा लिएका छन् ।

करिब ४७ लाख भन्दा बढी संक्रमितह मध्ये हालसम्म करिब १८ लाख भन्दा बढी पूर्णरुपमा निको भइसकेकाछन् । मरिसस, सुरीनाम, कम्बोडिया, इरिट्रिया, इष्टटिमोर, पपुवान्यूगिनी, बेलिज, ग्रिनल्याण्ड, फारोह आइल्याण्ड, न्यू क्यालोडोनेया, फकल्याण्ड, सेन्टवार्थ, सेन्टलुसिया,पश्चिम साहरा, क्यारेबियन नेडरल्याण्डस्, सेन्टपाइरी मिक्वलिन,मेन्टसेराट, एन्गुइलामा कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

पपुवान्यूगिनी, मरिसस, सुरीनाम, कम्बोडिया, इरिट्रिया, इष्टटिमोर, पपुवान्यूगिनी, सेन्टलुसिया र बेलिज सार्वभौम राष्ट्र हुन्। पश्चिमी सहारा एक विवादित देश हो भने अन्य विभिन्न देशका टापू राज्य हुन् ।

विना मृत्यु कोरोनाभाइरस पराष्टगर्न सफल देशः

कम्बोडिया १२२, इरिट्रिया ३९, इष्टटिमोर २४,फारोह आइल्याण्डमा १८७, न्यू क्यालोडोनेया १८, सेन्टलुसिया १८, फकल्याण्ड १३, ग्रिनल्याण्ड ११, पपुवान्यूगिनी ८, सेन्टवाथ६, पश्चिम साहरा ६, क्यारेबियन नेडरल्याण्डस्मा ६,एन्गुइलामा ३, सेन्टपाइरी मिक्वलिनमा एक जना संक्रमण भएकोमा पूर्ण रुपमा निको भएको छ । ती देशहरुमा संक्रमित कसैको पनि मृत्यु नभएको वल्र्ड मिटरले जानकारी दिएको छ ।

पूर्ण रुपमानियन्त्रणमाआएपनि मृतकभएका देश

मरिसस, बेलिज, सुरीनाम, मेन्टसेराटमाभने कोरोनाभाइरसको कहरले ज्यानलिएको बुझिएको छ । मरिससमा ३३२ जनालाई संक्रमण भएकोमा दशको ज्यानगएको थियो । बेलिजमा १८ जनालाई संक्रमण भएर दुईजनाको मृत्युसहित १६ जनाको निको भएको हो । सुरीनाममा १० जना मध्ये नौ जनाको पूर्ण उपचार र एकजनाको मृत्यु भएको छ । मेन्टसेराटमा ११ मा एक जनाको मृत्य सहित अरु सबै डिस्चार्ज भएका छन् ।

नियन्त्रणमा आएका देशहरुको केही परिचय

फारोह आइल्याण्ड संवैधानिक राजतन्त्र रहेको मुलुक डेनमार्कका स्वाशासित टापू राज्यहो भने ग्रिनल्याण्डपनि डेनमार्कका अधिनस्थ रहेको छ । ग्रिनल्याण्ड संसारकै सबैभन्दाठूलो टापू हो । जहाँकरिब ६० हजारको जनसंख्या रहेको छ भने फारोह आइल्याण्डमा करिब ५० हजारको जनसंख्या रहेको छ । फारोह टापूमा करिब आठहजार ४०३ वटा परीक्षण गरिएको छ ।

त्यसैगरी, पपुवान्यूगिनी संसारकै सबैभन्दा दोश्रो ठूलो टापू राष्ट्र हो । एसियाप्रशान्त क्षेत्रमाइन्डोनेसियाको पूर्व र अष्ट्रेलियाको उत्तरमाअवस्थित यस देशमा करिब एक करोड जनसंख्या रहेको छ ।यो मुलुक क्षेत्रफलको हिसाबले नेपाल भन्दा तीन गुणा ठूलो छ । यहाँ दुई हजार दुई वटा मात्र परीक्षण गरेर संक्रमित सबैको उपचार भएको थियो ।

त्यस्तै, पपुवान्यूगिनीको तल र अष्टे«लियाको पूर्व उत्तरतिर रहेको टापू न्यू क्यालोडोनेया फ्रान्सको अधिनस्थ मानिन्छ, जहाँ करिब पौने तीन लाखको जनसंख्या छ । त्यहाँ पाँच हजार २१३ वटा परीक्षण गरिएको थियो ।
यसैगरी, क्यारेबियन क्षेत्रमा रहेको सेन्टवार्थ पनिफ्रान्सको अधिनस्थ छ जहाँ दश हजारको बसोवास छ ।

अर्जेन्टिनाको पूर्व दक्षिणतिर रहेको फकल्याण्ड बेलायतको अधिनस्थ मानिन्छ जहाँ करिब पाँच हजारको जनसंख्या रहेको छ । क्यारेबियन क्षेत्रमा एन्गुइलामा १५ हजार जनसंख्या छ जहाँ बेलायती उपनिवेश रहेको छ । क्यारेबियन नेडरल्याण्डस्दक्षिण अमेरिकाको भेनेजुयलाको सिरानमा अवस्थित टापू हो जुन युरापेली देश नेडरल्याण्डस् (होल्याण्ड)को अधिनमा रहेको छ ।यहाँ २६ सय भन्दाबढी जनसंख्या रहेको छ ।

केहीमुलुक पूर्ण रुपमा नियन्त्रण उन्मुख

भियतनाममा २८८ मध्ये २४१ जनानिको भएकाछन् ।  सेन्टकिट्स एण्ड नेभिसमा १५ मध्ये १३ जनाडिस्चार्ज भएकाछन् । १६ जना संक्रमित रहेको डोमिनिकामा १४ जनानिको भइसकेकाछन् । फिजीमा१८ मध्ये १४, लाओस १९ मध्ये १३ जनाको निको भइसकेको छ । पूर्वी अफ्रिकी टापूहरुको देश सेसेलेसमा ११ संक्रमितमध्ये १० जनाडिस्चार्ज भइसकेकाछन् । यी मुलुकहरुमा अहिलेसम्म कुनै विरामीको मृत्यु भएको छैन ।गोरखापत्र अनलाइनबाट साभार ………………

प्रतिकृया दिनुहोस्