RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/६ गते
७११ पटक

काठमाडौं,  जेठ ६ ।  विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ९० हजार ७६५ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १९ लाख ७ हजार ३२३जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१७ लाख ९७ हजार ५२८ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४ हजार ७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १० हजार ४० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार १११ जनाको मृत्यु भएको छ । ८ लाख १८ हजार ९४७ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ५४ जनाको मृत्यु भएको छ । ४ लाख ५९ हजार ९७२ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ८४९ जनाको ज्यान गएको छ भने ९० हजार ७४ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२० जनाको मृत्यु भएको छ । ८ हजार ६६३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९१५ जनाको मृत्यु भएको छ । १५ लाख ४९ हजार ३३४ जना संक्रमित भएका छन् ।

 

प्रतिकृया दिनुहोस्