RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/७ गते
६४३ पटक

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना २८, २९, ३५र ३७ वर्षका पुरुष र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

बाँकेको नरैनापुर गाउँपालिकामा-५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् भने १० जना महाराजगञ्ज गाउँपालिकाका छन् ।

उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

नवलपरासीपश्चिममा २६ वर्षिया एक पुरुषमा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएर घर फर्किएका छन्,भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्