RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/९ गते
६४९ पटक

काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

शुक्रवार विहान सर्लाहीका १५, कपिलवस्तुका ९, चितवनका २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सर्लाही गौडेताका र रामनगर बहुअर्वा नगरपालिकाका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो ।नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्