RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/९ गते
५९८ पटक

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको ५०७ संख्या पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कैलालीका ३ जना, डडेलधुरा एक जना, बैतडीका एकजना, बाँकेमा १४ जना र मोरङका एकजना गरि थप २० जनामाका संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्