RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
११५४ पटक

काठमाडौं :  अआइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई निर्विरोध सभामुख घोषणा गरेको छ। सामान्य परिवारमा जन्मेका सापकोटा लामो राजनीतिक यात्रापछि प्रतिनिधि सभाको सभामुख बनेका हुन्।

सभामुखमा एकल उम्मेदवारी परेपछि गृहजिल्ला पुगेका सापकोटाले सिन्धुपाल्चोकको शान अझै उचो राख्‍ने प्रतिबद्धता उनले जनाएका थिए। अग्‍नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित सापकोटा सभामुख निश्चित भएको अवस्थामा द्वन्द्वकालिन विषयवस्तुलाई पनि उचालिएको थियो।

सापकोटाको नाममा विरोध गर्नेलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माइतीघरमा गएर दुःख नगर्न आग्रह गरेका थिए। सापकोटाविरुद्ध कुनै मुद्दा नरहेको जिकिर प्रचण्डले गरेका थिए।

विद्यालयबाटै गिरफ्तार शिक्षण पेशमा आबद्ध भएका सापकोटा पटकपटक विद्यालयबाटै गिरफ्तार परेका थिए। २०३२ सालमा तातोपानीको भूमेश्वर प्राथामिक विद्यालयबाट शिक्षण पेशामा आवद्ध भए। २०४१ सालमा तातोपानीबाट साँगाचोक आएर जनजागृहत माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाले।

शिक्षण पेसामा रहेर पनि उनी राजनीतिक पृष्ठभूमिका थिए। २०४२ शिक्षक हकहितका लागि आन्दोलन गर्दा उनी गिरफ्तार भएका थिए। त्यसबेला उनले ६ महिना जेल जिवन बिताए। २०४४ मा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष र २०४६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन महासचिवसम्मको जिम्मेवारी सम्हाले। २०४६ जनआन्दोलनमा विद्यालयबाटै पुनः गिरफ्तार परेका थिए। त्यसपटक पनि सापकोटा एक महिना जेल बसेका थिए।

 

प्रतिकृया दिनुहोस्