RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१० गते
८१६ पटक

काठमाडौं ।  शनिवार विहान थप ३२ जनामा नयाँ कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिवार विहान बिज्ञप्ती जारी गर्दै थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।

योसँग शनिवार विहानसम्म नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ। दिनप्रतिदिन तिव्रगतिमा संक्रमितको संख्या बढ्दै गएपनि सरकारले भने सीमा नाकाबाट आउनेहरुको ब्यवस्थापन गर्न सकेको छैन । दैनिक हजारौ नेपालीहरु नाकाबाट नेपाल आउन थालेका छन् ।

प्रतिकृया दिनुहोस्