RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१० गते
१३७० पटक

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै संक्रमितको संख्या ४ पुगेको हो । संक्रमित ३ जना सुर्खेतका हुन् ।

सुर्खेत बराहताल गापाका २ र चौकुने गाउँपालिकाका  १ जनालाई  काेराेना स‌‌क्रमण पुष्टी भएकाे हाे । उनिहरूलाइ गएको विहिवार भारतबाट उद्वार गरि ल्याइ बबइमा आरडिटी गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गर्दा पनि उनीहरुमा काेराेना पाेजिटिभ देखिएकाे  थियाे । त्यसपछि उनीहरुकाे स्वाब स‌कलन गरि थप चेकजाँचका लागि नेपालग‌ज पठाइएकाे  थियाे । त्यहाँ पनि उनीहरुमा काेराेना पाेजिटिभ देखीएकाे प्रदेश अस्पतालले जनाएकाे छ ।

उनीहरुकाे प्रदेश अस्पताल सुर्खेतको आईसोलेसन कक्षमा उपचार भइरहेकाे र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले वताएका छन् । यसअघि दैलेखमा १ जनालाइ काेराेना स‌क्रमण पुष्टि भएकाे  थियाे ।

प्रतिकृया दिनुहोस्