RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/११ गते
९१२ पटक

सुर्खेत, जेठ ११ । कर्णाली प्रदेशसभाको छैठो अधिवेशनमा संम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी कि संसदीय दलकी नेता सोशिला शाहीले अाफुलाई हेपिएकाे बताएकी छिन।

उनलेे  प्रदेशसभामा  अाफुलाई त यति अवहेलना गरेर हेपेको बचाउँदै  जनतालाई तपाईहरुले कति हेप्नु हुदो भनेर प्रश्न गरेकी छन् । प्रदेशसभाको उद्घाटन सत्रमा बोल्दै आफुसँग परामर्श नै नगरी अन्तिम कुर्सीमा राखिएको प्रति शाहीले आपत्ती जनाएकी हुन् ।

पार्टी सानाेे भएपनिि अाफु एउटा पार्टीको संसदीय दलको नेता भएकाेले  सम्मान व्यवहार संसदमा हुनुपर्नेमा आफुले त्यो नपाएको शाहीले बताइन् । ‘मेरो दल सानो होला ।

म समानुपातिकबाट आएको महिला सांसद हुँला । सानै भएपनि संसदीय दलको नेता त हु’ उनले भनिन्,‘तपाईहरु मलाई यसरी हेपेर पछाडी राख्नुहुन्छ भने जनतालाई के गर्नु भएको होला ।’सांसद शाहीले सामान व्यवहार नभएकाे गुनासो गरिन् ।

प्रतिकृया दिनुहोस्