RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१२ गते
६२२ पटक

काठमाडौं । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।

परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । २३ दिन आइसोलेसनमा उपचार पछि उनीहरू संक्रमणमुक्त भएर भएर घर फर्किएका हुन्। अस्पतालमा पुनः संक्रमित भएर भर्ना भएका दुईजनासहित ९ जना संक्रमित तीनदिन अघि डिस्चार्ज भएर घर फर्किएका थिए।

आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् ।यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ७ जनालाई डिस्चार्ज गरिएको थियो।

प्रतिकृया दिनुहोस्