RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१२ गते
५३५ पटक

काठमाडौं । नेपालमा थप ७२ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । उनका अनुसार सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्