RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१४ गते
२०७४ पटक

सुर्खेत :  भारतबाट गाँउ फर्कदै गरेका एक युवाको घर पुग्न नपाउदै ज्यान गुमेको छ।  सुर्खेत जिल्लाको चिङ्गाड गाँउपालिका-५ का २२ वर्षीय वीरेन्द्र रोकायको एम्बुलेन्सले बोक्न नमान्दा मृत्यु भएको भारतबाटसँगै आएका छिमेकी हरि बहादुर खत्रीले जनाए।

‘मंगलबार राति कर्णाली प्रदेश भित्रने मुख्य नाका बबईमा १०ः३० बने गाडीमा बान्ता गरेका थिए, हामीले गाडीमा बसेर बान्ता आएको भनेर वास्ता गरेनौं, पछि भेरी पुलमा आए पछि छटपटाए’, उनले भने, ‘सुब्बा कुना चेकपोष्टमा पुगेर एम्बुलेनसलाई फोन गर्दा पनि एम्बुलेन्सले मानेन्।’

खत्रीले भने ‘हामीले फोन गर्दा एम्बुलेन्स आउन नमाने पछि चेकपोष्टका असईसापलाई फोन गर्न आग्रह गर्यौं, असई सापले पनि दुई वटा एम्बुलेन्सलाई फोन गर्नुभयो, इण्डियाबाट आएको भने पछि एम्बुलनसले आउनै मानेन्’ उनले भने,  ‘असईसापले एमबुलेन्स आउन मानेन्, तपाईको गाँउपालिकामा फोन गरेर गाडी मगाउनुहोस भन्नुभयो।’

‘पछि प्रहरी र हाम्रो अनुरोेधमा हामी आएको बसले नै प्रदेश अस्पताल सम्म लगिदिएको  थियो’, खत्रीले भने, ‘तर अस्पतालमा पनि जाँच नै गर्न नपाई ज्यान गयो।’ मृतकका आफन्तले अस्पताल पुर्याएको दुई घण्टा पछि बिरामीको मृत्यु भएको जनाएका छन्।

आफन्त खत्रीले भने, ‘अस्पताल ल्याएको बेला बिरामीको मुखबाट फिँज आईरहेको थियो, हामीलाई गेट भित्र नै छिर्न दिईएन, पछि स्कुटीमा आएका डाक्टरले छाति छाम्न लगाए र मृत्यु भइसकेको बताए।’
बिरामी अस्पतालको गेट भित्र छिर्न नै पाएनन्

मृतकसँगै आएका उनका दाजु गणेश रोकायले प्रदेश अस्पतालमा पनि चेक जाँच नगरिएको गुनासो गरे। साढे १० बजे अस्पताल पुगे पनि भित्र जान नदिएको नदिएको उनको भनाइ छ।

‘हामीलाई बसले साढे १० बजे अस्पतालमा पुर्याएको थियो’, उनले भने  ‘अस्पतालमा चेकजाँचको त कुरा धेरै टाढा छ, गेट भन्दा भित्र पनि लिन दिइएन्।’

पटक पटक डाक्टरलाई आग्रह गर्दा पनि हामी मिटिङ¨मा छौ भन्दै अल्मलाएको र साढे एक बजे आज चेक हुन्न भन्दै पालमा लिन भनिएको दाजु रोकायले गुनासो गरे।  डाक्टरहरुले चेकगर्न को जाने भनेर छलफल गर्दा गर्दै बिरामीको मृत्यु भएको उनको आरोप छ।

बाटोमै मृत्यु भएको दाबी

यता कर्णाली  स्वास्थ्य निर्देशनालयका लक्ष्मी नारायाण तिवारीले भने अस्पताल आउदा बिरामीको मृत्यु भइसकेको दावी गरेका छन्। ‘एम्बुलेन्सले बोक्न नमान्दा अस्पताल ल्याउन ढिला भएको  देखीयो, अस्पतालमा डाक्टरले हेर्दा मृत्यु भइसकेको थियो।’ उनले भने।

‘अस्पतालमा उपचार नपाएको कुरा गलत हो, अस्पताल ल्याउदा नै मृत्यु भइसकेको थियो।’ जति गर्न सक्थ्यौ, डाक्टरसापसहित हामी खटिएका थियौं।’ उनले मृतकको मृत्यु कुन कारणले भएको भन्ने कुराको एकिन रिपोर्ट आए पछि मात्र थाहा हुने बताए । कोरोना परीक्षणको रिपोर्ट साँझ सात बजे सम्म आईपुग्ने उनको भनाइ छ।

बाथरोगका बिरामी

मृतकका आफन्तले मृतकले बाथरोग सम्बन्धी औषधी खाईरहेको बताएका छन्। मृतक भारतबाट आउदा रामै्र भएको उनीहरुले जनाएका छन् । आफन्त हरी खत्रीले भारतमा हुदा बाथ रोगको औषधी खाइरहेको जनाए। ‘तिन दिनमा एक छाक मात्र खाना खाएका थियौं , औषधी पनि खान पाइएन’, उनले भने, ‘रुपैडिहाबाट रामै्र तरिकाले हिडेको हो, पछि के भयो थाहै भएन्।‘
www.thahakhabar.com साभार

प्रतिकृया दिनुहोस्