RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१४ गते
७२८ पटक

काठमाडौं । पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट मंगलबार राति साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको छ । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष छन् ।

पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । उनका अनुसार दुई जना बालबालिका सहित २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

उनीहरूलाई गत वैशाख २७ र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। नारायणी अस्पतालको क्षमताले नभ्याएपछि त्यहाँको गण्डक अस्पताललाई नारायणी अस्थायी कोभिड अस्पतालका रूपमा परिणत गरिएको हो। अब त्यहाँ ९ संक्रमित बाँकी रहेको अस्पतालले जनाएको छ।

यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ ।

प्रतिकृया दिनुहोस्