RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१४ गते
९२६ पटक

कर्णाली प्रदेश सरकारले रोकोना भाइरस(कोभिड-१९) रोकथामका  र नियन्त्रणमा सहयाेग गर्न  सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ ।

ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुलाई कामदार क्वारेन्टाइनमा उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो ।

प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस्