RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१४ गते
६७५ पटक

काठमाडौं । बुधबार विभिन्न जिल्लामा गरी एकैदिन थप ११४ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौँडास्थित किटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको बताए ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्