RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१५ गते
६८६ पटक

काठमाडौं । विहीबार प्रदेश २ र गण्डकी प्रदेशमा गरी ७९ जना नयाँ कोरोना संक्रमति भेटिएका छन् । विहीबार विहान मात्र प्रदेश २ मा ७६ र स्याडजामा ३ जना कोराना संक्रमति भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण देखिएको छ । महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्