RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१६ गते
२१५३ पटक

सुर्खेत कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रदेशसभामा पेश हुदैछ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभामा आर्थिक वर्ष २०७७ र ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ । प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सरकारले आगामी असार १ मा करिब ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

गत वर्षभन्दा केही घटेर बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । उनका अनुसार आगामी बजेट विशेषगरी स्वास्थ्य र उत्पादनमा केन्द्रित अनुमान सबैको छ ।

प्रतिकृया दिनुहोस्