RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१६ गते
११३६ पटक

कोरोना महामारीले गर्दा जारी लकडाउनबीच इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले ग्रहाकलाई ठगीरहेको खुलेको छ ।

नेपाल सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभरमा जारी राखेको लकडाउनबीच वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले ठग्ने गरेको भन्दै वर्ल्डलिंक प्रयोगकर्ताहरुले गुनासो पोखेका छन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिको नारा छ-‘छिटो भनेकै वर्ल्डलिंक’ । नारा अनुसार पनि वर्ल्डलिंकको सेवा छिटोछरितो हुनुपर्ने हो ।

तर, अवस्था उल्टो छ । कम्पनीले प्रवाह गर्ने सेवा गुणस्तरीय छैन । त्यति मात्र होइन, न यसको स्पिड राम्रो छ न त गुनासो सुनुवाई गर्ने संयन्त्र ।

जडान गर्नेबेलामा भनिएको स्पिड न दिने, छिन-छिनमै समस्या देखाउने गरेको छ । खासगरी वार्षिक ग्राहक झान पिडामा रहेका छन् ।

सम्झौतामा उल्लेख गरेभन्दा इन्टरनेटको स्पिड कम हुने गरेको ग्राहकको गुनासो छ । तर, यसतर्फ वर्ल्डलिंकले चासो नदिएको उनीहरू बताउँछन् ।

फाइल डाउनलोड र अपलोड हुँदा तोकेबमोजिम स्पिड नहुने गरेको ग्राहकको गुनासो छ ।

इन्टरनेट स्लो चल्ने त बेलाबेला बिग्रने त छँदैछ, त्यसबारे गुनासो टिपाउन झन्झट भएको ग्राहक दुखेसो पोख्छन् । यसतर्फ कम्पनीले चासो नदेखाएको उनीहरूको आरोप छ ।

यता, वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले ग्राहकको भाव आर्थात दुःख पीडा बुझ्न नसकेको भन्दै प्रयोगकर्ताहरुले गुनासो पोखेका हुन् ।

सरकारले लकडाउनको वेलला राम्रो सुविधा दिन अनुरोध गरिरहेको वेलामा पनि आफुहरु सुविधा भने नपाएको जनाएको छ ।

‘लकडानको वेला नेटको पैसा कसरी तिर्ने ?’ भन्दै प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । ‘एकाउन्टमा पैसा छैन, र वाहीर गएर तिरैँ भन्दा नगर सिल गरिएको छ, यस्तो अवस्थामा नेट काटिएछ ।’ प्रयोगकर्ताहरुले भनेका छन् ।

‘पटक पटक कार्यालयमा सम्र्पक गर्न खोज्दा (कल सेन्टरमा फोन गर्दा) एकाउन्ट सेक्सनमा फोन गर्न भन्छ, एकाउन्ट सेक्सनमा फोन गर्दा फोन रिसिभ्ड गरेर बोल्दैन ।’ (९८०१५२३०५१-कल सेन्टर, ९८०१५२३०५३-एकाउन्ट सेक्सन फोन नम्वर)

एक प्रयोगकर्ताले भने ‘पहिला बिल तिर्न १ हप्ता समय दिन्थ्यो आज त ३ दिन मै कटिदियो ।’ अहिलेको अवस्थामा कुनै कीसिमबाट पैसा तिर्ने माध्यम छैन ।

यस्तो अवस्थामा वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले जनाताको भाव आर्थात जनताको दुःख पीडा बुझ्न आवश्यक रहेको छ । प्रयोगकर्ताहरुले वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडलाई कार्वाहीको माग समेत गरेका छन् ।

‘वर्ल्ड लिंकले हामीलाई इन्टरनेट सेवा दिएन, यस्तो अवस्थामा सरकारले वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडलाई कार्वाही अर्थात वर्ल्डलिंकलाई कानुनको दायरामा ल्यउन पर्ने हुन्छ’ प्रयोगकर्ताहरुले भनेका छन् ।

तपाईको इन्टरनेट कस्तो चलेको छ ? के भने अनुसार नै द्रुतगतिमा चलेको छ त तपाईको इन्टरनेट ? अफिस प्याकेज होस्, होम वा कर्पोरेट नै किन नहोस् इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने अनुसारको सेवा नै दिन हिचकिचाइरहेको प्रयोगकर्ताको गुनासो रहेको छ ।

इन्टरनेट कम्पनीले पूराना ग्राहकको हकमा भने ब्याण्डविथ निकै कम दिने गरेका कारण प्रयोगकर्ताहरुले निकै नै सास्ती खेप्नु परेको वर्ल्ड लिंकका प्रयोग कर्ताहरु बताउँछन् ।- नागरिक टाइम्स

प्रतिकृया दिनुहोस्