RaraNews

गणेश सिर्पाली प्रकाशित : २०७७/२/१६ गते
५५९३ पटक
गणेश सिर्पाली

स्थलगत अध्ययन पछि सोती घटना बारे :
अभियुक्तका आफन्तको भनाई
– पहिले नगरे पनि लकडाउन पछि गाउँमा आउने नयाँ मान्छे लाई केरकार गर्न थालेको ।
– बैशाख १२ गते दुई जना केटाहरू आएको । छोपेर हप्काएर पठाएको ।
– बैशाख १७ गते तीन जना आएको । छानामा ढुंगा। हानेको । केटा र केटिका बुवाको भनाभन भएको । वडाध्यक्षको रोहबरमा उनिहरुलाई प्रहरीको जिम्मा लगाएको ।
– फोनमा साथीलाई तरबार लिएर आउ भनेको । छोपेर सोध्दा कोटजहारी जान आएको भनेको । केटिलाई सोध्दा थाहा छैन भनेको केटालाई दुई झापड लगाएर प्रहरीको जिम्मा लगाईएको ।
– जेठ १० गते सनिवार : ५ बजे तीर २१ जनाको जत्था आएको । दुई जना बाटो बाटै फर्किएको ।
– स्थानीय शालीग्राम चन्दलाई फोन गरेर बिनोद मल्लको घर सोधेको ।
– केटिको आमाले तँ फेरि मेरो घर किन आईस भनेर हप्काएको । होईन अन्टी हामी त काफल खान आएको भनेर जबाफ दिएको ।
– छिमेकी बिनोद मल्लको घर बाट झगडा सुरु भएको । त्यहाँ गाउँलेहरु र प्रहरी सँगै पुगेको ।
– एकातीर बाट आफुहरुले अर्कोतीर बाट प्रहरीले लखेटेको ।
– धेरैले भेरिमा हाम फालेको । केहीले तरेको । केहि बगेको ।
– आफुहरुले जातीय भेदभाव नगर्ने । वडाध्यक्षले मगर बिहे गरेको । तीन चार जना छोरी चेलीले कामी सँग बिहे गरेको । आफुहरुले बिहे स्वीकार गरेको ।
मृतका आफन्तको भनाई
– आफ्नो छोरा दुलही ल्याउन भनेर गएको । आफुहरु घरमा भातभान्छा गरेर बसेको ।
– केटी सँग आफ्नो छोराको पुरानो सम्बन्ध भएको । छोराको जन्मदिनमा आएर एकदिन घरमा बसेर गएको ।
– जाजरकोटमा लागेको रमाइलो मेलाका बेला भाइ सहित ४ दिन घरमा आएर बसेको ।
– जातका कारण छोराको बिहे हुन नपाएको ।
– आफ्नो एउटै छोरा पनि अन्तरजातीय बिबाहका कारण मारिनु परेको ।
– मृतकका दाँत भाचिएका, लिंग काटिएका, हात डोरिले बाँधिएका । त्यसकारण मारेरै भेरिमा फालेका ।
– छोराका साथीहरूबाट आफुले केटि बच्चा जन्माउने छ भन्ने थाहा पाएको । भएकै एउटै छोरा मारिहाले । उसको सन्तान कसैले दिलाईदिए छोराको माया फेर्ने ।
मेरो बुझाई :
१. केटाकेटी बीच पहिले गहिरो प्रेम । अहिले केटिले माया मारिसकेको । केटाले भुल्न नसकेको ।
२. केटा सकभर केटि लिएर आउने नसके पहिले आफुलाई झापड हान्नेलाई पिटेर आउने योजनामा आएको ।
३. उनिहरु आउँदैछ्न भन्ने कुरा जाजरकोट बाटै एक जनाले फोन गरेर सुनाएको ।
४. सोतीका मान्छेहरु तयारी हालतमा बसेको ।
५. कुनै तेस्रो पक्षले मौकाको फाईदा उठाएर लखेट्ने, हान्ने काम गरेको । तेस्रो पक्ष केटिलाई चाहाने अरु कोहि पनि हुनसक्ने । केटिका बाआमाले त्यतिखा तन्नेरी लखेट्न/मार्न नसक्ने । सामान्य अबस्थामा कोहिले पनि भेरिमा हाम नफाल्ने । झुक्किएर एक जना भेरिमा फस्न सक्ने तर सबै पस्न नसक्ने ।
६. केहिलाई पक्रेको प्रहरि केहिलाई भेरिमा डुबेको देखेर पनि चुपचाप फर्किनु ठूलो भुल ।
७. नेकपा निकट दलित अधिकारकर्मी चुप । नेकपा बाहेकका पार्टीले राजनीतिक लाभ लिन खोजेको ।
८. बिषय अन्तरजातीय प्रेमले सुरु भएको भए पनि दुई गलत समूहबीचको कमजोरी ।
९. नेकपा रुकुमले बनाएको छानबिन समितिमा अधिकारकर्मी चन्द्रबहादुर बि.क र पुष्प बादी रहनुले दलितका समस्या दलितले नै समाधान गर्नुपर्छ भन्ने गलत बुझाई बिकसित हुने ।
१०. जनार्दन शर्मा र शक्ति बस्नेत लाई अहिले दोष दिनेहरु गलत । अपराधी बचाउमा लागे उनिहरु लाई गलत भन्न सकिने ।
११. सोतीका केही ठकुरी महिलाहरूले दलित पुरुष सँग बिहे गरेका यसलाई सकारात्मक रुपमा लिन सकिने ।
११. बरु जातीय प्रश्न हल होला । सोती र रानागाउँ बीचको ईगो जारी रहन सक्ने । भोलीका दिनमा अरु अप्रिय घटना हुनसक्ने अनुमान गर्न सकिने ।गणेश सिर्पालीको फेसबुक स्टाटस जस्ताको त्यस्तै 

 

 

 

 

प्रतिकृया दिनुहोस्