RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१६ गते
७९१ पटक

जेठ १६ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख कलौनीले रोजगारीदेखि पानीमा लगानीसम्म कार्यक्रम ल्याएको छ ।

कर्णाली प्रदेश सरकारले कोरोना बिरुद्ध ठुलो जनशक्ति परिचालन गरेको प्रमुख कलौनीले बताए । ‘प्रदेश सरकारले राहत, क्वारेन्टाइन, स्वास्थ्य जाँच व्यापक बनाइएको छ ।’ उनले भने,‘संकटको घडीको सबैको साथ दिएका छन् ।’

आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन विकासको क्षेत्रमा लगानी बृद्धि गरिने बताएका छन् । पर्यटन क्षेत्रको विकास गरेर कर्णालीको आर्थिक बृद्धिमा योगदान गर्ने बताएका हुन् ।

आठबिसकोट नगरपालिकाको राकममा ट्रमा सेन्टर स्थापना गरिने बताएका छन् । कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा हुने दुर्घटना लक्षित गर्दै राकममा ट्रमा सेन्टर स्थापना गर्ने बताएका हुन् ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गरिने जनाएको छ । नीति तथा कार्यक्रममा सबै जिल्ला अस्पतालमा कम्तीमा १ सय शैया आईसोलेन, ५ शैयाका आईसीयु र एक भेन्टिलेटरको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

विकास निर्माणका कामलाई अगाडी बढाउनका लागि ठुला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाइने छ प्रदेश प्रमुख कलौनीले बताए ।

आर्थिक बृद्धि गर्नका लागि नीजि क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी बृद्धि गर्ने लक्ष्य राखेको प्रदेश प्रमुख कलौनीले बताए ।

युवालाई उद्यम र रोजगारी दिनका लागि मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम संचालन ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

आन्दोलनमा घाइते योद्धा सहिद परिवारलाई लक्षित गरेर रोजगारीमूलक कार्यक्रम संचालन गरिने जनाएको छ ।

बैकल्पिक उर्जा प्रर्बद्धनका लागि बिषेश कार्यक्रम ल्याउने जनाएको छ । जगदुल्ला र भेरी बबईमा जलबिद्युतमा प्रदेश सरकारले लगानी गर्ने नीति तथा कार्यक्रम समेटिएको छ ।

सडक निर्माणको गुरुयोजना निर्माण गरिने जनाएको छ । सुर्खेतदेखि हुम्लाका हिल्सासम्मको सडक निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

आवश्यक रहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने जनाएको छ ।

कर्णाली प्रदेशका प्रमुख शहरमा विद्यतिय सवारी साधन संचालनमा ल्याउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

एक जिल्ला एक पर्यकीय क्षेत्रको विकास गरिने नीति तथा कार्यक्रम संचालन गरिने जनाएको छ ।

प्रदेशका सबै जिल्लाका विमानस्थलहरु संचालनमा गरिने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।

सुर्खेतको वीरेन्द्रनगरलाई हरित नगरका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

‘जमिनलाई बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ भन्ने नाराका जमिनको खेती बृद्धि गरिने प्रदेश सरकारले जनाएको छ ।

खेलाडी उत्पादन, खेलकुदको विकासका लागि सामुदायिक विद्यालयमा खेलकुद फिल्ड निर्माण र पूर्वाधार विकास गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश सरकारले प्रदेश प्रहरी गरिने जनाएको छ । कारागारलाई सुधार गृह बनाउनका लागि खुल्ला कारागारको अवधारणा अगाडी बढाइने प्रदेश सरको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिकृया दिनुहोस्