RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
१००६ पटक

क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकोप्टर खसेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरको इन्जिनमा अनौठो आवाज आएको थियो ।

। सन् २००८ मा उनी एनबीएका सबैभन्दा मूल्यवान खेलाडी बनेका थिए भने दुई पटक एनबीएको फाइनलमा उत्कृष्ट खेलाडी चुनिएका थिए । उनी दुई पटक एनबीएमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडी बनेका थिए भने दुईपटक ओलम्पिक च्याम्पियन बनेका थिए ।

एजेन्सी…..

प्रतिकृया दिनुहोस्