RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१७ गते
६६६ पटक

दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषमा जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो।

मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष थिए। भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए।

प्रतिकृया दिनुहोस्