RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१८ गते
१३१८ पटक

काठमाडौं । सात प्रदेशमध्ये सबैभन्दा पछि संक्रमित फेला परेको कर्णाली प्रदेशमा १०५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

शनिबारसम्म १ सय ५ जना संक्रमित पुष्टि भएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरुमध्ये एकजनाको मृत्यु भएको छ । मन्त्रालयका  स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, जुम्ला र प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा शुक्रबार र शनिबार गरी ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरु दैलेखका १५, सल्यानका २५, कालीकोटका १७ र सुर्खेतका १ रहेका छन् । प्रदेशबाहिर शनिबार बाजुराका १ जना र त्यसअघि बझाङका १ जनामा संक्रमण देखिएको उनले बताए । उनका अनुसार अब कर्णालीका पाँच जिल्लामा संक्रमण देखिएको छ ।

दैलेखमा ३१ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १७ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ । बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्