RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१८ गते
१३२ पटक

काठमाडौं, जेठ १८ । चीनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन आफूले तयार गरेको दाबी गरेको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले चीनमा कारोना भाइरसविरुद्धको भ्याक्सिन बनेको बताएको हो । सामाजिक सञ्जाल वी–च्याटमार्फत उक्त कमिशनले भ्याक्सिन सन् २०२० को अन्त्यसम्म बजारमा वितरण गरिने जनाएको छ ।

कमिशनका अनुसार उहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले भ्याक्सिन तयार पारेको हो । भ्याक्सिन करिब दुई हजार मानिसमा प्रयोग गरिएको र त्यसले सकारात्मक नतिजा दिएको बीबीसीले जनाएको छ ।

हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सुरुआत चीनको ऊहान सहरबाटै भएको थियो ।

प्रतिकृया दिनुहोस्