RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१८ गते
३३३५ पटक

काठमाण्डौ : अन्तमा म यो बजेटको पक्षमा उभिने नै छु । प्रतिनिधि सभाको आज बसेको बैठकमा जुम्ला जिल्लाका प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महतले के कर्णालीका जनताको भाग्यमा उज्यालो नलेखेकै हो त भनेर सरकारलाई प्रश्न गरेका छन ।

आजसम्मको बजेट कर्मचारी र बिज्ञहरुले ल्याएको जस्तो लाग्छ । बजेट खर्च भइराखेको छ तर सरकारले जस पाएको छैन । किन कि यो बजेट उल्टो छ । भन्दै सांसद महतले आफुले बजेट ल्याउन पाए यो बजेट भन्दा निकै राम्रो ल्याउन सक्ने संसदमै बताय ।

एमसिसिलाई लुकाउन पाईदैन भन्दै छिटो भन्दा छिटो एमसिसि संसदमा ल्याउन माग समेत गरेका छन । सांसदहरुले एमसिसिका बारेमा छलफल गरेर टुगो लगाउने समेत बताय ।

सरकारले खासै जनताको पक्षमा काम गर्न नसकेको बताउदै कोरोना बिरुदको लडाईमा सरकारले सांसदहरुलाई नपत्याएको समेत गुनासो गरे । समानुपतिक सांसदहरुका बिषयमा बोल्दै समानुपातिक सांसद बनाउन जुम्लाले पनि भोट पठाएको तर आफु जुम्लाको एक्लो सांसद भएको र बजेटमा जुम्लाको पनी भाग लाग्नु पर्न बताय ।

 

 

प्रतिकृया दिनुहोस्