RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१९ गते
१०२४ पटक

जुम्ला : अन्तत निकै सुरक्षित भनिएको जुम्लामा पनि कोरोनाले छोएको छ । जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना पोजेटिभ भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिष्ठानको प्रयोगशाला बिभागको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ भएको छ । स्वाब संकलन गरि परीक्षण गरिएका मध्यका जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका नौ जना र नेपाल प्रहरी २ जना रहेका प्रतिवेदनमा पोजेटिभ देखिएको उल्लेख छ ।

जुम्ला हिमा गाउँपालिकाका वडानं १ का ३६ बर्ष र ६३ बर्षका पुरुष, वडा नं ६ का २३ बर्षिय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ बर्षिय पुरुष गरि आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ बर्षिय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ बर्षिय पुरुष, वडा नम्बर ५ का २६, ३६ बर्षिय पुरुष वडा नम्बर ६ का ४५,३१ १२ बर्षिय पुरुष गरि नौ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईना खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ । यसैगरी दैलेखका २४ जनामा थप पोजेटिभ देखिएको छ ।

प्रतिकृया दिनुहोस्