RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२० गते
५६४ पटक

जेठ २० । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड – १९) बाट विश्वभर ६३ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६३ लाख ६५ हजार ६२५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ३ हजार १७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ४०७ पुगेको छ । ३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।  कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहान सम्म १ लाख ७४ हजार ६५४ जनाको मृत्यु भएको छ ।

२० लाख ३४ हजार २६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २५ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ९७ हजार ९२५ पुगेको छ । त्यसमध्ये ७ लाख ५९ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३१ हजार २७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४१ हजार ५४ जनाको मृत्यु भएको छ । ९ लाख ५ हजार ७८२ जना संक्रमित भएकोमा ३ लाख ६२ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ३६९ जनाको ज्यान गएको छ भने १ लाख ५४ हजार ९०७ जना संक्रमित छन् । संक्रमितमध्ये ६५ हजार ९३१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ८१४ जना संक्रमित भएकोमा ८ हजार २०१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्