RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२२ गते
६६४ पटक

जेठ २२ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१५ मुलुक र २ पानीजहाजमा गरि ६५ लाख ६७ हजार ३५५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ४४२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८८ हजार ४ पुगेको छ । ३० लाख १४ हजार ९०६ जनाको उपचार भइरहेकोमा ५४ हजार २०१ जनाको अवस्था गम्भीर छ भने ३१ लाख ६४ हजार २५३ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बिहिबार बिहानसम्म १ लाख ७६ हजार ४४६ जनाको मृत्यु भएको छ ।

२० लाख २८ हजार २४१ जना संक्रमित भएकोमा १० लाख २७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २९ हजार ९२९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ५१ हजार ४६८ पुगेको छ । त्यसमध्ये ८ लाख ४० हजार ६१९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३२ हजार ४६५ जनाको मृत्यु भएको छ । १२ लाख २६ हजार ६३१ जना संक्रमित भएकोमा ७ लाख ४८ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार २९३ जनाको मृत्यु भएको छ । ९ लाख ८६ हजार १७३ जना संक्रमित भएकोमा ४ लाख ६६ हजार १४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ६२७ जनाको ज्यान गएको छ भने १ लाख ६४ हजार ९८५ जना संक्रमित छन् । संक्रमितमध्ये ७२ हजार ३८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३९ जना संक्रमित भएकोमा ८ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्