RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२२ गते
१६८० पटक

काठमाडौं। जारी लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दै बस्दैछ। अपरान्ह ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक नियमित भएको र समसामयिक विषयमा छलफल हुने जानकारी दिए।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए। छलफलमा विज्ञहरूले लकडाउन खुकुलो पार्नु पर्ने धारणा राखेका थिए।

सम्मको लकडाउनका कारणले जनजीवन प्रभावित भएको र आर्थिक गतिविधि ठप्प रहेको भन्दै लकडाउन खुकुलो बनाउनुपर्ने माग भइरहेको छ।

अहिलेको लकडाउनको स्वरूपलाई केही परिवर्तन गर्ने विषयमा सबै क्षेत्रबाट सुझाव आइरहेकाले पनि सरकारले केही निर्णय लिन सक्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्