माघ १३ गते । विराटनगरबाट १० घण्टा लाग्ने भोजपुरको यात्रालाई सप्तकोसीमा सञ्चालित मोटरबोटले चार घण्टामा झारेको छ । सडकमार्ग हुँदै विराटनगर–इटहरी–धरान–धनकुटा हुँदै भोजपुर पुग्ने दूरीलाई सप्तकोसीको जल यातायातले २० किलोमिटरमा खुम्च्याइ दिइएको हो ।
सप्तकोसीमा व्यावसायिक जेटबोट सञ्चालन भएसँगै भोजपुर सदरमुकामदेखि दक्षिणवर्ती क्षेत्र हतुवागडी र आमचोक, रामप्रसाद गाउँपालिकासहितका गाउँपालिका सहजै तराईका जिल्लासँग जोडिएका छन् । सुनसरीको वराहक्षेत्र–१, चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गमस्थल हलेदे सिम्लेसम्मको जल यातायातले स्थानीयको जीवनशैलीसमेत परिवर्तन भएको छ । यसैगरी उदपयुरको बेलका गाउँपालिकाका नागरिकलाई समेत जल यातायातले सहज बनाएको छ ।
विराटनगरबाट एक घण्टामा चतरा पुगेपछि १५ मिनेटमै भोजपुरको हतुवागडी हसनपुर (हलेदे) पुगिन्छ । हसनपुरदेखि २२ किलोमिटर दूरीमा घोडेटार पर्दछ । विराटनगर–घोडेटारसम्मको यात्रालाई अढाइ घण्टामा पूरा गर्न सकिने भएपछि प्रदेश राजधानीसँग भोजपुरको दक्षिणवर्ती क्षेत्र सहजै जोडिन पुगेको हो ।
यसैगरी धनकुटाको शहीदभूमि गाउँपालिका सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामा विराटनगर आइपुग्ने अवस्था जेटबोट सञ्चालनपछि भएको छ । सदरमुकाम धनकुटा हुँदै आउँदा सात घण्टाको बाटोसमेत दुई घण्टामा पूरा हुने अवस्था आएको हो ।गोरखापत्र दैनिकबाट
आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहाेर उठ्ने
काठमाडौँ, चैत २० गते । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहाेर विसर्जनमा गरिएको अवरोध हटेको...
चैत्र २०, २०७७बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन ।...
चैत्र २०, २०७७करिडोर सडकमा सवारी व्यवस्थापन गर्न छुट्टै ट्राफिक टोली
काठमाडौं । उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि छुट्टै ट्राफिक टोली परिचालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...
चैत्र २०, २०७७औद्योगिक ग्राम प्रस्ताव नै गर्दैनन् स्थानीय तह
काठमाडौँ, चैत २० गते । स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ...
चैत्र २०, २०७७नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्। बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको...
चैत्र ३०, २०७७भारत पुर्याइएका किशोरी गिरोहको फन्दामा परेको आशंका
महोत्तरी, जनकपुर — घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले...
चैत्र १९, २०७७कोरोना ग्राफ उकालो लाग्दै
काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका...
चैत्र १९, २०७७