RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२३ गते
३१९० पटक

२३ जेठ २०७७,  जुम्लामा क्वारेन्टिनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपि ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २१ गते बाहिरबाट आएका उनलाई धुपि ढुस्का माविको क्वारिन्टनमा राखिएको थियो । मृतकको स्वाब लिनका लागि अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ जान थालेको खबर प्राप्त भएको छ ।

मृतक चन्दननाथ नगरपालिका वडा नं ८ का हुन भन्ने खबर प्रहरीलाई आएको बताइयको छ । तत्काल घटनास्थल प्रहरी जाँदै गरेको छ दमको रोगी भएको र केही समय बर्दियामा बसे र दुई दिन अघि जुम्ला पुगेपछि निधन भएका ब्यतिm उक्त क्वारेन्टिनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्