RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२३ गते
९१८ पटक

काठमाडौं । विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका ती युवामा कोरोना पुष्टि भएको हो ।

पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । बिहीबार दिउँसो नै गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो । जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए ।

बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । त्यहि उनको मृत्यु भएको थियो ।

अहिले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको छ ।

प्रतिकृया दिनुहोस्