RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२३ गते
७०७ पटक

काठमाडौँ, जेठ २३ गते । म्यानमारमा रहेका २६ जना नेपाली नागरिक आज नेपाल फर्कदैछन् । म्यानमारबाट नेपाली यात्रु बोकेको जहाज उडसिकेको र जहाज मध्यान्न करीब १२ बजे नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल कार्यालयले जनाएको छ ।

यस अघि म्यानमारको सेनाको. एयरफोर्स जहाजमार्फत आज विहान १० बजे नेपाल आइपुग्ने तय भएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिनुभएको थियो । तर मौसमका कारण केही ढिलो भएको छ । फर्कने बेला त्यस जहाजले बर्मेली नागरिक लिएर जाने नागरिक उड्डयन प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यसैबीच युएइबाट ल्याइने नेपाली नागरिकको बारेमा भने अन्यौल भएको छ । युएईको सारजहाँबाट एयर अरेबियाको जहाजबाट आज १६८ जना नेपाल आउने यसअघि तय भएको थियो ।

आज ११.४५ मा ल्याण्ड हुने भनिएको त्यो जहाज भाडाको बिषयमा मत बाझिएपछि शुक्रबार ४ बजे आउनेगरि समय सारिए पनि अन्यौल नै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिले लिखित रुपमा निःशुल्क भाडामा नेपाली नागरिक पठाउने त्यहाँको राजदूताबासले जानकारी पठाएको थियो ।

तर अन्तिम अवस्थामा बिहीबार भाडाको बिषयमा उताबाट कुरा आएपछि त्यसमा सैद्धान्तिक रुपमा स्पष्ट नभएसम्मका लागि युएइबाट नेपाली ल्याउन नसकिने मन्त्रालयका सहसचि हरिश्चन्द्र घिमिरेले जानकारी दिनुभयो । व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पहिले आठवटा जहाजबाट नेपाली नागरिकलाइृ निःशुल्क नेपाल ल्याइदिने सहमति जनाएको थियो । युएइबाट १८ हजार नेपालीले फिर्ता आउन निवेदन दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कोभिड–१९ को उच्च जोखिमका बखत विदेशमा रहेका नेपाली नागरिकमध्ये फर्कनैपर्ने वाध्यतामा परेकालाई सरकारले नेपाल फिर्ता ल्याउन थालेको हो । गोरखापत्र अनलाइन….

प्रतिकृया दिनुहोस्