RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२३ गते
८४७ पटक

काठमाडौँ ।  सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।

सोही प्रक्रियाअन्तर्गत म्यान्माबाट २६ नेपाली बिहान ११ बजे काठमाडौँ आइपुगेका छन् । यस्तै दोस्रो चरणमा संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याइँदैछ । त्यहाँबाट आउने १६८ नेपाली तयारी अवस्थामा रहेका छन् ।

आज म्यान्मा सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए । उक्त विमानबाट ४३ जना म्यान्मा जाँदैछन् । त्यसमा दुई नेपालीसमेत छन् । उनीहरुलाई काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिएको छ ।

विदेशबाट उद्धार गरेर ल्याइएका नागरिकलाई उपत्यकामा तयार पारिएको जगेडासहित नौ ‘होल्डिङ सेन्टर’ मा राखिने छ । उनीहरुलाई विमानस्थलबाट सोझै होल्डिङ सेन्टर पु¥याएको छ । त्यसको व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

यस्तै आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङगता भएका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस्