RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
१५९८ पटक

काठमाडौँ –  मौसम बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको मौसमविदले बताएका छन् ।

दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । तराईका केही भूभागहरुमा दिनभर हुस्सु–कुहिरो लाग्ने सम्भावना छ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

 

प्रतिकृया दिनुहोस्