RaraNews

राधिका बुढ्थापा प्रकाशित : २०७७/२/२६ गते
२८८१ पटक
राधिका बुढ्थापा

करिब सात अरव मानवजातिले बसोबास गर्ने हामी वसेको विश्वलाई कोभिड(१९ अर्थात नोवल कोरोना नामक भाइरसले करिव सात.महिना अघिबाट आच्छु आच्छु पारिराखेको छ । नाङ्गो आँखाले देख्न नसकिने यति सानो निर्जिव वस्तुले बिश्वका सिङ्गो मानव समुदायलाई नराम्रोसँग हाँक दिइराखेको यस घडीमा यो महामारीबाट तत्काललाई कसरी बच्ने र भविष्यमा यस्ता महामारीबाट कसरी मुक्तिपाउने, भन्ने बारेमा सोच्न आजको मानवजाति बाध्यमात्र भएको छैन, सम्पूर्ण विश्वलाई नै एउटै ठाउँमा आउन र साझा सवालका रुपमा यसको समाधान खोज्न बाध्यपारेको छ ।

बिभिन्न संचार माध्यमहरुबाट दिनदिनै बाहिर आइरहेको आँकडालाई हेर्ने हो भने यस महामारीले धनी,गरिब, सानो, ठूलो, कुनै धर्म, रंग, जात, जाति विकसित, अविकसित देश आदि केही भेद नगरी सम्पूर्ण मानवजातिमा नै डरलाग्दो किसिमले चुनौतीदिदै आएको छ । यो कसरी अगाडि बढ्छ र यसको अन्त के हो अन्दाज सम्म गर्न सिंगो मानव समुदाय आज असमर्थ छ ।

यस महामारीको कारणहामी जस्ता सर्वसाधारण व्यक्तिहरुमात्र नभएर संसार भरिका करिब पच्चीस हजार भन्दा बढी स्वास्थ्यकर्मी समेत प्रभावित भइसकेका छन ्जसमध्ये कतिको मृत्युसम्म भईसकेको दुखद अवस्था छ भने यस रोगका विरुद्ध अग्रपंक्तिमा रहेर संघर्ष गरिरहेका कैयोैं अन्य पेशाकर्मीहरु समेत गम्भिर मानसिक तथा शारीरिक तनावमा छन् ।

यिनीहरुका परिवारमा पनि त्यत्तिकै तनाव विद्यमान छ । अग्रपङ्तीमा रहेर समाजमा यो महामारी फैलिन नदिने अभियानमा रातो दिन खटिरहेका सुरक्षाकर्मीहरु जस्ता अन्य पेशाकर्मीहरु यस महामारीका कारण त्यतिकै आक्रान्त छन् । बर्तमान प्रकोपको क्षती र विस्तार हुने दरलाई ध्यान दिने हो भने कहिले काँही यस महामारीका कारण सिङ्गंो मानवजाति नै यस संसारबाट सँधैको लागि बिदा तहुने होईन भन्न सम्मको नकारात्मक प्रश्नलाई थप बल पु¥याउँछ ।

सिङ्गो मानव जगत आज यो महामारी बिरुद्ध आ(आप्mनो क्षमताअनुसार कठिन युद्ध लडिरहेको छ । तर दुर्भाग्यवस नियन्त्रणका लागि प्रभावकारी रोकथामका कुनै खोप वा रोग लागे पश्चात्को उपचारका लागि कुनै औषधी यो लेख तयार पार्दासम्मको अवस्था सम्म कहिंकतै सफलतापूर्वक विकसित हुन सकेको छैन । यो निकट भविष्यमानै कुनै चमत्कारकारुपमा हाम्रा सामु आउने सम्भावना पनि न्यून देखिन्छ । यस विषम परिश्थितिमा यस्ता चुनौतीजनक महामारीसँग जुध्न समग्र बिश्वको नै तयारी पर्याप्त रहेनछ र सोकाकारण आज समस्या भोग्न सिङ्गो मानव जाति विवस भएको छ ।

अतिबिकसित, अति सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका ठानिएका देशहरुलाई समेत यस महामारी बिरुद्ध कडा शंघर्ष गर्नु परिरहेको आजको कटु यथार्थ दिनानु दिन यस राृेगको वढ्दो आतंक र यसं रोगकाकारण ज्यान गुमाउनेको बढ्दो आँकडाले देखाउँछ । मृतकहरु र रोगबाट सङ्क्रमितहरुका अति सम्पन्न देशहरु देखि गरिब विपन्न देश समेत गरी बिश्वका करिब २१३ देशहरुमा यस महामारीले आफ्नो पखेटा डरलाग्दो गरी फैलाईरहेको आजको अवस्थाहो ।

यो नकारात्मक दृष्यका वावजुद् यो कोरोना नामक महामारी अप्रत्याशितरुपमा सबै भन्दा पहिला देखा परेको हाम्रो छिमेकी राष्ट्र चीनले आप्mनो रोग प्रभावित क्षेत्रलाई पूर्ण बन्दाबन्दीको तरिका अवलम्वन ग¥यो र फलस्वरुप प्रभावकारी रुपमा नियन्त्रण गर्न सफल पनि भयो, तर यही तरिका जुन देशहरुले अवलम्वन गरेनन् वा हेलचक्र्याइ गरेवाविविध कारणले सफल भएनन् त्यहाँको स्थिति भयावह रहेको अवस्था छ । नेपाललगायतका कैयौं मुलुकहरु भने आफ्ना सम्पूर्ण प्रयासहरु अवलम्वन गर्न कठिन अभियानमा छन्, नतिजा के हुन्छ यो भविष्यको गर्भमा छ ।
बिना तयारी कोरोना जस्तो महामारीका बिरुद्धको लडाई लड्नु पर्ने भएकोले कसैले पनि भने जस्तो सफलता प्राप्त गर्न सकि राखेका छैनन् जुन स्वभाविक नै मान्नु पर्छ । कैयौ मै हुँ भन्ने शक्तिशाली राष्ट्रका युबराज, राजकुमारी,प्रधानमन्त्री, रक्षामन्त्री समेतलाई यो रोगको आक्रमणबाट अछुतो रहन सकेनन् ।

यही महामारीका कारण सृजित मानसिक र शारीरिक तनाव झेल्न नसकेका कारण कैयौं देशका स्वास्थ्यकर्मी लगायतका पेशाकर्मीलहरु आत्महत्या नै गर्न पुगे । सर्वसाधारण जनताको त बयान गरेर साध्यनै छैन एक माथि अर्काे लासको चाङ लगाएर गाडिने गरिएको समाचार छरपष्ट पत्रपत्रिकामा देखिन्छन् ।

यो रोग यति धेरै डरलाग्दो छ किन बिरामी भएको बेला आफन्तले भेटघाट र स्याहार गर्न पाउँछन्न मृत्यु पश्चात् नैआफन्तले आफ्नो धर्म अनुसार दाहसस्कार गर्न नै पाउछन् । अझ उल्टो दुर्भाग्यवस् यदि कसैको घरमा यस महामारीले प्रवेश गरि हाल्यो भने घरपरिवारका सबै सदस्यहरुमा सङ्क्रमण भई मृत्युसम्म हुन सक्ने खतरा रहिरहन्छ । त्यसमा पनि दीर्घरोगी, वृद्धहरुलाइ त यो रोग अरु थ्प भयावह छ । यस रोगसँग जुधेर एक पटक मृत्युको मुखबाट फर्केका मानिसहरुमा समेत दोहोरिने सम्भावनाका खवरहरुले मानव समाजथप आतङ्कित बन्दै गएको छ ।

कतिसँग पैंसाको मुठो छ, बजारमा खाना छैन, कतिसँग कात्रोसम्म जुगाड गर्न पैंसो छैन । कुनै देशमा हात मुख प्ुछ्ने कागजको रुमालसम्मका लागि लुछाचुँड भएको समाचार समेत संचार माध्यहरुमा प्रशारण भइराखेको देखिन्छ भने कुनै देशमा पैसाको कुनै उपयोगिता नदेखेर शडकमा जताततै मुठोका मुठो फालेको देखिन्छ ।

यस्तो अवस्थामा प्रत्येक देशका नागरिकहरुको जीवन रक्षा भन्दा अरुकुनै कुरा महŒवपूर्ण हुन सक्दैन । यसैमा मानवको मात्र नभएर पृथ्वीका सम्पूर्ण जीवहरुको कल्याण समेत निर्भर रहेको छ ।

विश्व स्वास्थ्य संगठनले हाल सालै यस महामारी बारे शार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार अप्रील ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा यस भाइरस रोगको सङ्क्रमण देखा परिसकेको छ । यस असामान्य रोगकोे कारणले सिङ्गो संसारलाई नै स्तब्धबनाई राखेको यस डरलाग्दो अवस्थामा बेलायतमा मात्र १८ जना स्वास्थकर्मीहरुको ज्यानगइसकेको दुखद खवर प्रकाशित भएको छ ।

त्यहाँ प्रकाशित संचार माध्यमहरुका अनुसार यो संख्याअँझै धेरै माथि हुन सक्ने आशंका गरिएको छ । यो महामारी नियन्त्रण कार्यमा अग्रभूमिकामा रहेका संसार भरीका स्वास्थकर्मीहरुका पनि घरमा आमाबाबु, आफन्तजनहरुका मनमा यो कठिन घडीमा के गुज्रिरहेको होला, कस्तो ज्वालामुखी चलिरहेको होला बेलायतमा र अमेरिकामा नै कार्यरत दुई स्वास्थ्यकर्मी छोराछोरीकीम स्वयम् एक आमा भएका कारणले यो पिडा सजिलै महशुस गर्न सक्दछु ।

तर पनि सम्भावित संकटलाई आँखा चिम्लिदै यो मोर्चामा अग्रपंक्तिमा रही दिलोज्यानले आफ्नो कर्तव्य निर्वाह गर्न र आपूm शुरक्षित रही अरुलाई पनि बचाउन कटिवद्ध हुन सल्लाह दिने गरेकी छु । अत्यन्त सिमित स्रोत, साधन, सुरक्षा सामग्री तथा उपकरणका बावजुद् चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीतथा यस महामारी विरुद्धको मोर्चामा संलग्न अग्रपङ्तीका संसार भरीका सम्पूर्ण पेशाकर्मीहरुले यस विश्वलाई धेरै ऋणी बनाएका छन् । विगतमा मानवजातिले यस्ता कैयौं महामारीहरु मथि विजय हासिल गरिसकेको छ । हामी सबै एक भएर लड््रनेहो भने पक्कै यस महामारीलाई पनि परास्त गर्ने छौं ।

बिकसित देशहरुमा यो महामारीका विरुद्धकार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनगर्नको लागि घरबाट बाहिर निस्किएको देखेमा बाटोमा बसेर ताली बजाउने, अस्पतालमा पसलहरुले केक,पाउरोटी, चकलेट, बिस्कुट, शुभकामना कार्ड,फूल आदि आपूmसँग जे छ त्यही पठाएर सम्मान गर्ने, ट्याक्सी, बस आदिमा निशुल्कमा यात्रा गराउने गरेको सुनिन्छ ।

यही २०७७ साल बैशाख १६ गते बेलायत सरकारले यस नोवेल कोरानाभाईरस विरुद्धको लडार्इंमा अग्रपङ्तीमा रहेर मृत्युवरण गर्न पुगेका त्यहाँको राष्ट्रिय स्वास्थ्य प्रणालीसँग आवद्ध कर्मचारीहरुको सम्झनामा एक मिनट मौन धारण गरेको छ । यति ठूलो संख्यामा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको जीवनक्षती हुनुमा उनीहरुला इव्यक्तिगत सुरक्षा सामाग्रीहरु पर्याप्त मात्रामा उपलव्ध हुन नसक्नुलाई मुख्य कारण मानिएता पनि मृतकहरु प्रति सरकारले जुन श्रद्धाअर्पण ग¥यो यो पक्कै सहृानिय नैे छ ।

त्यस्तै बिश्वको सवै भन्दा शक्तिशाली राष्ट्र अमेरिकामा पनि यस महामारीको प्रकोपको मार अझै पिडादायक छ । हालैमात्र लोर्ना ग्रीननामकन्युर्योककी एकजना चिकित्सक यसै महामारीको प्रकोपबाट सृजित असह्यतनावका कारण अग्रमोर्चामा काम गर्दा गर्दै आत्महत्या गर्न पुगेको खवर आएको थियो ।

यो लेख तयार पार्दाको मिति सम्म नेपालमा मात्र ३,४४८जनासंक्रमित र १३जनाको दुखद मृत्यु भएको खवर छ । त्यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १९,८०,००० संक्रमित १,१२,००० मृत्यु, र बेलायतमा करिब २,८६,१९४ संक्रमित ४०,५४२ले मृत्युवरण गरिसके । यी दुवै बिश्वका धनी र अत्यन्त शक्तिशाली राष्ट्रहरुका अलावा संसारका करिब २१३ देशहरु यो महामारीको बिरुद्ध जुझिरहेका छन् ।

आउनु होस् हामी सबैले एकपटक आफ्नो अमुल्यजीवनको प्रबाह नगरी यस महामारी विरुद्धको मोर्चामा कार्यरत रहँदारहँदै आफ्नो अमुल्य जीवन गुमाउन पुगेका स्वास्थ्यकर्मी लगायतका सम्पूर्ण पेशाकर्मीहरुलाई हृदयदेखि नै नमन् गरौं र यो महामारी विरुद्ध संसारभर सीमित स्रोत साधनका वावजुद् अहोरात्र आफ्नोे जीवनको ख्यालनगरी अग्रमोर्चामा खटीरहेका सम्पूर्ण पेशाकर्मीहरुको मनोवल उँचो बनाउनका लागि हामी सबैले सम्मान गरौैं ।[email protected]

प्रतिकृया दिनुहोस्