RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२६ गते
१२२६ पटक

काठमाडौं । कर्णाली प्रदेशका थप १६ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार सोमबार थपिएका संक्रमितहरुमा दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका एक जना रहेका छन् । हालसम्मको प्राप्त विवरण अनुसार उनिहरु स्वास्थ्यक्रमिको सम्पर्कमा रहेका महाशाखा प्रमुख डा. तिवारीले बताए ।

प्रतिकृया दिनुहोस्