RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
१०३२ पटक

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरिरहेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भीएनपीटीसँग सम्झौता गरिसकेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाइनलाई एफटीटीएचमा रूपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाइएको जानकारी दिए । “यतिवेला आईपीटीभीको काम तिव्र रूपमा अघि बढेको छ, बढीमा एक महिनाभित्र परीक्षण सुरु हुनेछ,” प्रवन्ध निर्देशक अधिकारी भन्छन्,“पीएसटीएनतर्फ घट्दै गएको क्रेजलाई एफएफटीटीएचमार्फत पुन फर्काउने कोसिसमा छौं ।” कम्पनीको आम्दानी घट्दै गएपछि पुराना प्रविधिलाई नयाँ प्रविधिमा रूपान्तरण गर्दै गइरहेको छ ।

कम्पनीले सञ्चालनमा ल्याउन लागेको आईपीटीभीअन्य टेलिभिजन जस्तै घरमा सेटअप बक्समार्फत प्रयोग गर्न सकिन्छ । तर, यसका लागि कम्पनीको टेलिफोन लाइन भने अनिवार्य हुनेछ । ग्राहकले हाई डेफिनेसन (एचडी) स्पोट्र्स, कार्टुन लगायतका दुई सयभन्दा धेरै च्यानल रहेनछन् । ग्राहकले आफ्नो इच्छाअनुसारका प्याकेज लिएर सोहीअनुसार महसुल तिर्न सक्नेछन् । कम्पनीले ल्याण्डलाइनग्राहकका लागि आईपीटीभी र मोबाइल ग्राहकका लागि ओटीटीमार्फत टेलिभिजनको प्रयोग गर्नसक्ने सुविधा ल्याउँदै छ । विश्वव्यापी रूपमै भ्वाइसतर्फको रेभिन्यू घटेको अवस्थामा नेपालमका पनि त्यसको प्रभाव देखिएको छ ।कम्पनीले एडीएसएलतर्फ पनि लगानी बढाएको छैन ।कारोबार दैनिकबाट …..

प्रतिकृया दिनुहोस्