RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२७ गते
५६८ पटक

काठमाडौं । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले एकै दिन थप ३२३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको बताए ।

आज थपिएका संक्रमितहरुमा जना २९२ पुरुष र ३१ जना महिला रहेका प्रवक्ता डा. गौतमले बताए । प्रवक्ता डा. देवकोटाका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार इलाममा भने पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या संख्या चार हजार ८५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्