RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२८ गते
५१५ पटक

कडाउनले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या परेको तथा निजी क्षेत्र र श्रमिकले थप लकडाउन बेहोर्न नसक्ने भन्दै काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला उद्योग वाणिज्य संघले विकल्प सोच्न सरकारसँग आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ, काठमाडौंसहित ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले यसअघि नै लकडाउनले समस्या निम्त्याएको भन्दै खुकुलो बनाउन सुझाव दिएका छन् । उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ भन्छन्, “लकडाउन खुकुलो बनाउने कि कसिलो भन्नेमा निर्णय गर्नेहरू नै द्विविधामा छन् तर हामी प्रत्येक दिन गरिब हुँदैछौं ।” लकडाउन खुकुलो गरी काम गरी खान पाउनुपर्ने उनको भनाइ छ । महासंघको प्रदेश ३ अध्यक्षसमेत रहेका श्रेष्ठ सरकारले सल्लाह गर्दागर्दै ‘सात गाउँ डुब्ने अवस्थाको’ आएको उल्लेख गर्दै अवज्ञा आन्दोलन सुरु हुनुअघि नै सरकारले निर्णय गर्नुपर्ने बताउँछन् । “राहत दिन नसके पनि कम्तिमा आहत त दिनु भएन नी,” उनी भन्छन् ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन मुलुकमा जारी लकडाउनको मोडालिटी फेरेर आर्थिक गतिविधिलाई चलायमान बनाउन आग्रह गर्छन् । सरकारले आवश्यक व्यवस्था गरी आर्थिक गतिविधि सुचारु गर्न उनले माग गरेका छन् ।

अध्यक्ष महर्जन भन्छन्, “महिनौंसम्मको लकडाउनका कारण पुँजीको तरलतामा गम्भीर असर परिरहेको छ, निजी क्षेत्रलाई आफ्ना कर्मचारी तथा मजदुरको पारिश्रमिकसहित बैंकको ब्याज र किस्ता, घर तथा गोदामको भाडा तिर्न नै समस्या परिरहेको छ ।”

अध्यक्ष महर्जनका अनुसार व्यवसायीलाई व्यापार गर्नका लागि मात्र लकडाउनको मोडालिटी परिमार्जन गर्नुप¥यो भनिएको होइन । समाजमा मानसिक तनाव बढेको, देशमा अत्यावश्यकीय तथा दैनि उपभोग्य वस्तुको अभाव हुन नदिन तथा आर्थिक क्षेत्रलाई चलायमान गराई मजदुरको चुलो बाल्ने परिस्थिति निर्माणका लागि यस्तो माग गरिएको हो । स्वास्थ्यको चिन्ता आफूहरूलाई पनि रहेको तर उद्योग नखोले अन्यखाले समस्याले झन् कठिन अवस्था आउनसक्ने उनी बताउँछन् ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ सरकारको बजेटले निजी क्षेत्रलाई उपेक्षा गरेको र लकडाउनले गरिखान नदिएको बताउँछन् । “सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन थप्नेबाहेक अरु काम गरेको देखिँदैन,” अध्यक्ष श्रेष्ठ भन्छन्, “यस्तो परिस्थितिमा हालकै शैलीमा लकडाउन पालना गर्ने धैर्य र संयमता हामी निजी क्षेत्रमा अब रहेन ।” लकडाउनकै बीचमा पनि सामाजिक दूरी कायम गरी व्यवसाय सञ्चालन गर्न निजी क्षेत्र तयार रहेको र यसका लागि सरकारले वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्