RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२८ गते
५४७ पटक

काठमाडौं । लकडाउनको जनस्तरबाटै उल्लङ्घन हुन थालेपछि सरकारले नयाँ मोडालिटी तय गरेर जनजीवन सहज बनाउने तयारी गरेको छ । आज दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको हो ।

बैठकमा लकडाउनको नयाँ मोडालिटी, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुने बुझिएको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस)

रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको हो ।

प्रतिकृया दिनुहोस्