RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२८ गते
६७५ पटक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको बताए ।

उनका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् ।

प्रवक्ता गौतमले योसँगै देशभर कोरोनामुक्त हुनेहरुको संख्या ६ सय ७४ पुगेको पनि बताए । तीमध्ये जसमा ५ सय ९५ जना पुरुष र ७९ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआर र १ लाख ७२ हजार ८ सय ८० जनाको आरडिटी परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्