RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३० गते
९५१ पटक

नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो निष्कासन गरेको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई खिच्नका लागि उक्त रिभर्स रिपो जारी गर्ने भएको हो ।
विश्वभरि फैलिएको कोरोना भइरसको संक्रमण नियन्त्रणका लागि नेपालमा पनि लकडाउन भएको अवस्था छ । लकडानको समयमा आर्थिक गतीविधि ठप्प छन् भने बैंकहरुले निक्षेप लिने र भुक्तानी दिने मात्र काम गरेका छन् । यसले गर्दा पनि बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यस्थापनका लागि केन्द्रिय बैंकले रिभर्स रिपो जारी गरेको हो ।

रिभर्स रिपो जारी हुँदा बैंकहरुले प्रतिस्पर्धात्मक ब्याज दरमा केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँछन् । केन्द्रीय बैंकले सस्तो व्याज दरलाई प्राथमिकता दिई बैंकहरुबाट रकम लिने गर्दछ । त्यसैले ब्याज दर जति कम कायम भयो, बैंकहरुसँग उति बढी अनावश्यक तरलता रहेको सूचक मानिन्छ ।
बुधबार निष्कासन गरिएको रिभर्स रिपोमा बोलकबोल गर्ने बैंक वित्तीय संस्थाले ब्याजदर करिडोरको तल्लो सीमा २ प्रतिशत भन्दा माथिको व्याजदर दावी गरेको खण्डमा आवेदन स्वत रद्द भएको मानिने केन्द्रीय बैंकले जनाएको छ । सात दिने अवधिको सो रिभर्स रिपोमा बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन पाउने व्यवस्था छ । साथै यसरी रिभर्स रिपोबाट हुने व्याज आम्दानी कर योग्य हुने समेत केन्द्रीय बैंकले जनाएको छ । www.karobardaily.com

प्रतिकृया दिनुहोस्