RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३२ गते
८० पटक

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको सरौनचौरमा भीषण बर्षातका कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा र ११ बर्षिया बालिका दिविसा थापाको मृत्यु भएको हो । उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिवार राती निकै निकालिएको थियो ।

पहिरोमा थापाको परिवारमा थापाको परिवारमा ६ जना र विकको परिवारका ३ जना मानिस पुरिएका थिए । अहिले पहिरोग्रस्त क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले पुरिएका मानिसहरुको खोजी गरीरहेको छ ।

हिजो राती करिब १० बजेको समयमा पहिरो गएका कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए । ‘भिषण पानी आएको थियो’ उनले भने–‘गाउँमा भएको भौतिक क्षतिको विवरण संकलन हुँदैछ ।’

पहिरोग्रस्त क्षेत्रमा उद्धारमा सुरक्षाकर्मीहरु र स्थानीयबासी हिजो रातिबाट खटिएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्